नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको सभापती पद धरापमा परेको छ। विशेष महाधिवेशनको माग गरेका तत्कालिन प्रतिनिधिहरुको संख्या भन्दा बढी संख्यामा विशेष महाधिवेशनमा प्रतिनिधिहरु सहभागी हुने भएपछी हाल नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आफूहरुको बहुमत पुग्ने दाबी गरेका छन् । विशेष पक्षधरका अनुसार देशभरबाट हालसम्म २५७१ प्रतिनिधि विशेष महाधिवेशन पक्षमा खुलेका छन् । यदि यसो भयो भने विशेष महाधिवेशनले निर्णय गरेर चुन्ने सभापती नै आधिकारिक हुने हुँदा देउवाको सभापती पद स्वत समाप्त हुनेछ।
यस्तो छ प्रतिनिधिहरु सहभागी हुने विवरण कोशी प्रदेशका १४ जिल्लाबाट ५० प्रतिशतभन्दा बढी प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेको दाबी गरिएको छ । जसअनुसार झापाबाट ७२, सुनसरीबाट ७८, मोरङबाट ९७, इलामबाट ३७, पाँचथरबाट १९, ताप्लेजुङबाट १३, संखुवासभाबाट २०, तेह्रथुमबाट २१, भोजपुरबाट १५, धनकुटाबाट १६, खोटाङबाट १३, सोलुखुम्बुबाट १८, ओखलढुङ्गाबाट १३ र उदयपुरबाट ४२ जना प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेको पक्षधरले दाबी गरेको छ ।
यसैगरी, मधेश प्रदेशको सप्तरीबाट ६१, सिरहाबाट ५८, धनुषाबाट २५, महोत्तरीबाट ५३, सर्लाहीबाट ७१, रौतहटबाट ७०, बाराबाट ७२ र पर्साबाट ३४ जना प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा देखिएका छन् । जुन बहुमत प्रतिनिधि हुन् ।
बागमती प्रदेशको चितवनबाट ६३, दोलखाबाट २५ धादिङबाट ३८, रसुवाबाट २१, सिन्धुपाल्चोकबाट २८, रामेछापबाट १६, नुवाकोटबाट २९, काभ्रेपलाञ्चोकबाट ३१, काठमाडौँबाट १६१, भक्तपुरबाट २१, ललितपुरबाट ३०, सिन्धुलीबाट ३३ र मकवानपुरबाट २५ जना प्रतिनिधिले विशेषको पक्षमा हस्ताक्षर गरेका छन् ।
गण्डकी प्रदेशको गोरखाबाट ४७, तनहुँबाट २५, स्याङ्जाबाट २६, लमजुङबाट २३, कास्कीबाट ४७, मनाङबाट ४, पर्वतबाट २०, बागलुङबाट ३५, म्याग्दीबाट १७, नवलपुरबाट ३३ र मुस्ताङबाट १ जना प्रतिनिधिले विशेषमा हस्ताक्षर गरेका छन् । लुम्बिनी प्रदेशको पाल्पाबाट ४९, नवलपरासीबाट ३२, रुपन्देहीबाट ७८, कपिलवस्तुबाट ४३, अर्घाखाँचीबाट २३, गुल्मीबाट ४२, दाङबाट २७, प्युठानबाट १३, पूर्वी रुकुमबाट २१, रोल्पाबाट २४ र बाँकेबाट २५ जना प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेको पक्षधरले दाबी गरेका छन् ।
कर्णाली प्रदेशको पश्चिम रुकुमबाट ९, सल्यानबाट १२, दैलेखबाट ३१, जाजरकोटबाट १८, डोल्पाबाट २१, जुम्लाबाट १९, कालीकोटबाट १३, मुगुबाट १३ र हुम्लाबाट ४ जना प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा देखिएका छन् । सूदुरपश्चिम प्रदेशको कैलालीबाट ३०, डोटीबाट ११, अछामबाट ३०, बाजुराबाट १८, बझाङबाट ७, कञ्चनपुरबाट १४, बैतडीबाट १३, डडेल्धुराबाट २ र दार्चुलाबाट एकजनाबाहेक सबै महाधिवेशनको पक्षमा खुलेको दाबी गरिएको छ ।
आफूहरुको पक्षमा बहुमत सदस्यको समर्थन रहेको विशेष महाधिवेशन पक्षधरले दाबी गरेका छन् ।
आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने केन्द्रीय समितिको निर्णयलाई चुनौती दिँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा यही पुस २७ र २८ गते दुई काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुँदै छ ।