सुनको मूल्य आज घटेको छ। प्रतितोला चारसय रुपैयाँ घटेर सुनको भाउ आज दुई लाख ६७ हजार सातसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
मंगलबार सुनको मूल्य तीन हजार एकसय रुपैयाँ बढेर तोलाको दुई लाख ६८ हजार एकसय पुगेको थियो।
गएको सोमबार पनि सुनको भाउ तोलामा चार हजार ६ सय रुपैयाँ बढेको थियो। गएको आइतबार सुनको मूल्य दुई हजार एकसय रुपैयाँ घटेको थियो।
गत साताका पाँच दिनमा १३ हजार एकसय रुपैयाँ घटेको सुनको भाउ सोमबार र मंगलबार तोलामा सात हजार सातसय रुपैयाँ बढेको थियो।
यही पुस १३ गते सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज चाँदीको मूल्य पनि बढेर हालसम्मकै सबैभन्दा महँगो बनेको छ। तोलामा ५५ रुपैयाँ बढेर चाँदीको भाउ आज चार हजार ९ सय ३५ रुपैयाँ पुगेको छ।