हिजो तोलामा दुई हजार एकसय रुपैयाँ घटेको सुनको मूल्य आज व्यापक मात्रामा बढेको छ।
तोलामा चार हजार ६ सय रुपैयाँ बढेर सुनको भाउ आज दुई लाख ६५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत साताका चार दिनमा ११ हजार घटेको सुनको भाउ हिजो थप दुई हजार एकसय रुपैयाँ घटेको थियो। हिजो सुनको मूल्य तोलाको दुई लाख ६० हजार चारसय रुपैयाँ थियो।
यही पुस १३ गते सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा १८५ रुपैयाँ बढेर चाँदीको भाउ आज चार हजार ६ सय ८५ रुपैयाँ पुगेको छ।