पसलमा जुवातास खेलिरहेका ११ जना पक्राउ

 संवाददाता    २०८२, २० पुष आईतवार १५:३०     103 जनाले पढ़िसके



Spread the love

काभ्रेको धुलिखेल नगरपालिका–५ खड्पुस्थित एक पसलमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

खानीखोला गाउँपालिका–६ का ७३ वर्षीय चेतनाथ आचार्यले सञ्चालन गरेको पसलमा जुवा भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले शनिबार साँझ उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद ४० हजार ३ सय ९० रुपैयाँ र एक बुक तास समेत बरामद गरेको छ। पक्राउ पर्नेमा पसल सञ्चालक आचार्यसहित अन्य १० जना रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।