पार्टीको १५औँ महाधिवेशन सम्बन्धमा देखिएको विवादबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन समूहका कार्यसम्पादन समितिमा रहेका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् । आइतबार महाराजगञ्जस्थित आफ्नै निवासमा देउवाले उनीहरूसँग छलफल गरिरहेका हुन् ।
छलफलमा संस्थापनका वर्तमान र पूर्वपदाधिकारीहरू तथा कार्यसम्पादन समितिमा रहेका नेताहरू सहभागी छन् ।
बैठकमा विशेष महाधिवेशन गरेरै छोड्ने महामन्त्री गगन थापाको अडान र तयारीलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमतले पारित गरेको छ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विधान अनुसार माग भएको विशेष महाधिवेशन पुसभित्रै गरिछाड्ने बताएका
नेता रमेश लेखकले अहिले बैठक चलिरहेको जानकारी दिए ।