दाङ २ बाट एमाले महासचिव एकल उम्मदेवार सिफारिस

 संवाददाता    २०८२, २० पुष आईतवार १३:३९     115 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट एकल उम्मदेवार सिफारिस भएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि एमालेले महासचिव पोखरेललाई एकल सिफारिस गरेको हो।

आइबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेललाई एकल उम्मेदवार सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए।

दाङ २ महासचिव पोखरेलको गृह क्षेत्रसमेत हो।

पोखरेल ०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए।

त्यतिबेला उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा १९२ मतले पराजित भएका थिए।

निर्वाचनमा शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका थिए।