झापा-५ बाट ओलीको एकल नाम सिफारिस

 संवाददाता    २०८२, २० पुष आईतवार ११:२७     91 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारको लागि पार्टीले सर्वसम्मत सिफारिस गरेको छ।

आगामी फागुन २१ गते हुने निर्वाचनको लागि नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को आज बसेको बैठकले अध्यक्ष ओलीको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

​एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार, बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारका लागि ओलीको मात्र नाम सिफारिस गरेको छ। अध्यक्ष ओली यसअघि वि.सं. २०७४ र २०७९ मा सम्पन्न दुवै आम निर्वाचनमा सोही क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए।

आफ्नो निर्वाचन क्षेत्रमा बलियो जनमत र पार्टीभित्र निर्विकल्प नेतृत्वका रूपमा रहेकाले यसपटक पनि उनको नाममा सर्वसम्मत निर्णय भएको उनले बताए।

झापामा रहेका कुल ५ वटा निर्वाचन क्षेत्रमध्ये अन्य क्षेत्रहरूमा पनि उम्मेदवारको नाम टुङ्गो लगाउन र सिफारिस गर्न आजैका लागि बैठकहरू आयोजना गरिएका छन्।

 

निर्वाचनको मिति नजिकिँदै गर्दा एमालेले जिल्लाभर उम्मेदवार छनोटको प्रक्रियालाई तीव्रता दिएको छ।