गत साता ४ दिनमा ११ हजार घटेको सुनको मूल्यमा आज पनि गिरावट

 संवाददाता    २०८२, २० पुष आईतवार ११:०१     197 जनाले पढ़िसके



Spread the love

गत साता चार दिनमा ११ हजार घटेको सुनको भाउ आज पनि घटेको छ।

सुनको मूल्य आज तोलामा दुई हजार एकसय रुपैयाँ घटेर दुई लाख ६० हजार चारसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

गत साताको सोमबारदेखि बिहीबारसम्म ११ हजार घटेको सुनको मूल्य शुक्रबार तोलामा दुई हजार नौसय रुपैयाँ बढेको थियो। शुक्रबार प्रतितोला दुई लाख ६२ हजार पाँचसय रुपैयाँ पुगेको सुनको मूल्य आज फेरि घटेको हो।

बिहीबार सुनको मूल्य तोलामा एक हजार चारसय रुपैयाँ घटेर दुई लाख ५९ हजार ६ सय रुपैयाँमा झरेको थियो।

गएको सोमबार सुनको भाउ तोलामा सात हजार नौसय रुपैयाँ घटेको थियो। गत मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको थियो।

यही पुस १३ गते सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर चार हजार पाँचसय रुपैयाँमा झरेको छ।