रंगेलीको संसारी माई मन्दिरबाट मूर्ति ,गरगहना र नगद चोरी

 संवाददाता    २०८२, २० पुष आईतवार १०:४९     90 जनाले पढ़िसके



Spread the love

मोरङको रंगेलीस्थित संसारी माई मन्दिरमा चोरी भएको छ । मन्दिरबाट देवीदेवताका मूर्ति, गरगहना तथा दान पेटिकामा रहेको नगद चोरी भएको मोरङ प्रहरले जनाएको छ ।

मन्दिरको चेनगेट फोडेर आइतबार राति चोरी भएका हो । मोरङ प्रहरीका प्रवक्ता कोपिला चुँडालले मन्दिरबाट संसारी माताका २ थान साना मूर्ति, ठूलो मूर्तिमा चढाइएका चाँदीका गरगहना तथा दान पेटिकाको सिसा फोडेर चोरी भएको बताइन् ।

प्रहरी टोलीले मन्दिर परिसरको मुचुल्का उठाउने, क्षतिग्रस्त ताल्चा तथा दान पेटिकाको अवस्था निरीक्षण गर्ने र सम्भावित चोरी भएको समय एवम् तरिका पहिचान गर्ने काम गरेको छ ।

चोरी भएको नगदको यकिन विवरण भने दान पेटिकाको नियमित हिसाबकिताब र अभिलेखको आधारमा मात्र खुल्ने प्रहरीको बताएको छ ।

प्रहरीले चोरीमा संलग्नको पहिचानका लागि स्थानीय बासिन्दासँग सोधपुछ गरिरहेको जनाएको छ ।