हर्क साम्पाङको क्षेत्रबाट सुदन किराती उम्मेदवार सिफारिस

 संवाददाता    २०८२, २० पुष आईतवार १०:४४     178 जनाले पढ़िसके



Spread the love

प्रगतिशील लोकतान्त्रिक पार्टीको सुनसरी जिल्ला कार्यसमितिले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा नेता सुदन किरातीलाई उम्मेदवार बनाउन पार्टीको केन्द्रमा सिफारिस गरेको छ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका सुनसरी इन्चार्ज शालिक राईले काठमाडौँको सुविधानगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्र पठाई सुनसरी १ का लागि नेता किरातीको नाम सिफारिस गरिएको जानकारी गराएका हुन्।

उक्त क्षेत्र श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका हर्क साम्पाङ मेयर रहेको धरान उपमहानगरपालिकामा पर्छ।

यद्यपि उनले आगामी निर्वाचनमा चुनाव लड्ने क्षेत्र घोषणा गरिसकेका छैनन्।