रास्वपासँग एकीकरणपछि ‘उज्यालो नेपाल’मा देखिएको असन्तुष्टि समाधानका लागि नेतृत्व तहमा संवाद जारी

 संवाददाता    २०८२, १९ पुष शनिबार १४:१३     155 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेको कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीभित्र असन्तुष्टि बढेपछि समाधानको प्रयास भइरहेको छ।

 

रास्वपाका प्रवक्ता मनीष झाले यसको निकासका लागि नेतृत्व तहमा संवाद भइरहेको जानकारी दिए।

 

 

‘नेतृत्व तहमा संवाद हुँदै छ। समझदारीले यो समस्या समाधान गर्ने गरी छलफल हुँदैछ’, शनिबार दिउँसो उनले भने।

 

यस क्रममा उनले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएजस्तो समस्या नरहेको दाबी पनि गरे।

 

 

उनले भने, ‘समाचार तथा सञ्जालमा आएको जस्तो सतहमा आएको छैन।’

 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई साक्षी राखी यही पुस १४ गते रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको समझदारीपत्र हस्ताक्षर भएको थियो। जसअनुसार कुलमान रास्वपाको वरिष्ठ उपसभापति हुनेछन्।

 

तर उज्यालो नेपालभित्र खासगरी समानुपातिक उम्मेदवारको हिस्साका विषयमा असन्तुष्टि बढेको छ।