इरानमा जारी विरोध प्रदर्शन हिंसात्मक बन्दै , ७ जनाको मृत्यु

 संवाददाता    २०८२, १८ पुष शुक्रबार १२:१२     57 जनाले पढ़िसके



Spread the love

इरानमा महँगीविरुद्ध जारी प्रदर्शन हिंसात्मक बनेको छ।

बीबीसी अरबी सेवाका अनुसार, विरोध प्रदर्शनको पाँचौँ दिन बिहीबार इरानका विभिन्न सहरमा कम्तीमा सात जनाको मृत्यु भएको छ।

प्रदर्शनकारी र सुरक्षार्मीबीच झडप हुँदा उनीहरूको मृत्यु भएको हो।

केही प्रदर्शनकारीले इरानका सर्वोच्च नेताको शासन अन्त्यको माग गरेका थिए भने अन्यले राजतन्त्र फिर्ताको माग गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडिओमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप र सवारी साधनमा आगजनी गरिएको देखिन्छ। भिडिओमा प्रदर्शनकारीले सुरक्षाकर्मीलाई ढुंगामुढा गरिरहेका छन् भने जवाफमा सुरक्षाकर्मीले गोली र अश्रुग्यास प्रहार गरेको देखिन्छ।

इरानको सरकारी समाचार एजेन्सी फार्स र मानव अधिकार संगठन हेङ्गावले दक्षिणपश्चिमी इरानी सहर लोरेस्तानमा प्रदर्शनकारी र सुरक्षा बलबीचको झडपमा तीन जनाको मृत्यु भएको बताएका छन्।

यस्तै देशको पश्चिमी भागमा रहेको अज्नामा तीन जना र कुहदस्तमा एक जनाको मृत्यु भएको फार्सले जनाएको छ।