बालेन जहाँबाट उठे पनि चुनाव हराउँछौं : हर्क साम्पाङ

 संवाददाता    २०८२, १५ पुष मंगलवार १२:०९     81 जनाले पढ़िसके



Spread the love

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ उनलाई हराउने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष साम्पाङले यस्तो चेतावनी दिएका हुन् ।

धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले लेखेका छन्, ‘बालेनलाई चुनावमा हराउनेछौँ ! जहाँबाट उम्मेद्वारी दिन्छ त्यहीँ हामी हराउनेछौँ !’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्ने सहमति गरेसँगै साम्पाङले बालेन र रास्वपा सभापति रवि लामिछानेप्रति सामाजिक सञ्जालमार्फत छेडखानी गर्दै आइरहेका छन् ।