एमाले महासचिव पोख्रेलले उठाए कुलमानमाथि प्रश्न

 संवाददाता    २०८२, १५ पुष मंगलवार ११:५८     94 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऊर्जामन्त्री कुलमान घिसिङलाई उपसभापति बनाएपछि प्रश्न उठाएका छन् ।

घिसिङलाई रवि लामिछाने नेतृत्वको रास्वपाले पहिलो वरीयताको उपसभापति बनाएको २४ घण्टा नबित्दै उनले प्रश्न उठाएका हुन् ।

 

‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु कति उचित हो ?’ एमाले महासचिव पोखरेलले फेसबुकमा प्रश्न गरेका छन् ।

मन्त्री घिसिङ र रास्वपाबीच सोमबार सहमति भएको थियो । सहमतिपत्रमा उनको नाम पहिलो वरियताको उपसभापतिको हैसियतामा उल्लेख गरिएको छ ।