एकता नभएपछि समानुपातिकको सूची बनाउने गृहकार्यमा जुट्यो उज्यालो नेपाल पार्टी

 संवाददाता    २०८२, १४ पुष सोमबार १४:१०     104 जनाले पढ़िसके



Spread the love

उज्यालो नेपाल पार्टीको अन्य दलसँग एकता प्रयास सफल हुन नसकेपछि समानुपातिकतर्फको उम्मेदवार सूची तय गर्ने कार्यमा लागेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौका मेयर बालेन शाह पक्ष, प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतसँग एकताका लागि उनेपाले संवाद गरेको थियो । काठमाडौंका मेयर बालेनसँग पक्षसँग एकता गर्न उनेपाले पहिलो प्राथमिकतामा राखेको थियो । बालेन रास्वपासँग मिलेपछि पनि त्रिपक्षीय संवाद भएका थिए ।

 

पदीय बाँडफाँटमा सहमति जुट्न नसकेपछि उनेपाले समानुपातिकको सूचीलाई अन्तिम रुपम दिन लागेको हो । उनेपाका प्रवक्ता डा. राजु थापाले एकता सम्भव नभएको हुँदा समानुपातिक उम्मेदवारको नाम टुंगो लगाउने कार्य भइरहेको जानकारी गराए ।

थापाले भने, ‘एकता हुन सकेन । हामी हाम्रो दलबाट समानुपातिकका उम्मेदवार हुने नामहरु निश्चित गर्न लागिरहेका छौं ।’

 

हिजो राति अबेरसम्म पनि एकताका लागि प्रयास भइरहेको थियो । रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले हिजो राति पनि संवाद गरेका थिए ।

निर्वाचन आयोगले समानुपातिक तर्फका नाम पेश गर्ने अन्तिम दिन आज तोकेको छ । दलहरूले समावेशीताको आधारमा ११० उम्मेदवाको सूची बुझाउनुपर्ने हुन्छ