पोखरामा कमब्याट स्पोर्टसको आयोजना,हाइटेरा कम्युनिकेसन्स टेक्नोलोजी पार्टनर

 खेलकुद     २०८२, १४ पुष सोमबार १३:३६     123 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेपालमा पहिलो पटक एक दिने कम्ब्याट स्पोर्टस् कार्यक्रम सम्पन्न भएको छ। नेपाल वारियर्स च्याम्पियनसिप (एनडब्ल्यूसी) द्वारा आयोजित यो प्रतियोगिता शनिबार पोखरामा पहिलो पटक आयोजना गरिएको हो।

यस प्रतियोगितामा एमएमए र मुए थाई खेलहरू एकैसाथ प्रस्तुत गरिएको थियो । यसमा नेपाल तथा विदेशका गरी ४२ खेलाडी सहभागी थिए।

प्रतियोगिताको सहज सञ्चालनका लागि विश्वव्यापी सूचना प्रविधि प्रदायक हाइटेरा कम्युनिकेसन्सले आधिकारिक प्रोफेसनल कम्युनिकेसन्स टेक्नोलोजी पार्टनरका रूपमा प्राविधिक सहयोग प्रदान गरेको थियो। आयोजक स्वयंसेवक तथा प्रसारण टिमबीच तत्काल समन्वयका लागि पि ३० पुस टु टकओभर सेलुलर(पीओसी) रेडियो प्रयोग गरिएको थियो। हाईटेरा कम्युनिकेसनले नेपालका अन्तरास्ट्रिय उपाधी जितिसकेका रबिन्द्र ढाँटलाई पनि ५ हजार डलर बराबरको ट्रेनिङ्ग तथा प्रायोजन गरेको थियो।

त्यसैगरी रेफ्रीहरूलाई प्रदान गरिएको एससी ५८० बडी क्यामेरा मार्फत पहिलो व्यक्तिको दृष्टिकोणबाट दृश्य कैद गरी लाइभ प्रसारणलाई थप प्रभावकारी बनाइएको थियो।

एनडब्ल्यूसीका प्रमुख कार्यकारी अधिकृत दिविज पियालामाले भरपर्दो सूचना बिना यस्ता प्रतियोगिता सञ्चालन गर्न कठिन हुने उल्लेख गर्दै हाइटेराको प्रविधिले प्रतियोगितालाई व्यवस्थित र सुरक्षित बनाएको बताए। ‘यस्तो खालको प्रतियोगिता भरपर्दो सूचनाबिना गर्न निकै कठिन हुन्छ। ’

हाइटेराका बिक्री निर्देशक निङ माले नेपालमा आयोजना भएको उच्चस्तरीय खेलकुद कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्ता खेलकुद गतिविधिमा सहयोग जारी रहने बताए। ‘हामी यस किसिमको प्रतियोगिताको हिस्सा हुन पाउँदा निकै खुसी छौं।’