ज्वाँईले गरे आफ्नै सासुको हत्या

 संवाददाता    २०८२, १४ पुष सोमबार १३:२४     135 जनाले पढ़िसके



Spread the love

सुनसरीमा सासुको हत्या गरेका आरोपमा ज्वाँई पक्राउ परेका छन्।

इटहरी उपमहानगरपालिका-९, विपि चोक बसोबास गर्ने ५६ वर्षीय पविमाया वयलकोटीको हत्या गरेको आरोपमा उनका ज्वाँई ४० वर्षीय गणेश साह गुप्तालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार आपसी वादविवादको क्रममा गणेशले पानी तान्ने ट्युववेलको हेण्डिल प्रहार गर्दा पविमाया गम्भीर घाइते भइ विराट मेडिकल कलेज टिचिङ अस्पताल, बुढीगंगा, मोरङमा उपचारको क्रममा मृत्यु भएकी थिइन्।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय इटहरीले तत्काल अनुसन्धान सुरु गरेको छ।