एक बालिकासहित ३ जना मृत फेला

 संवाददाता    २०८२, १३ पुष आईतवार १३:०४     135 जनाले पढ़िसके



Spread the love

काठमाडौँ र रामेछापमा एक बालिकासहित तीन जना मृत फेला परेका छन्।

काठमाडौँ महानगरपालिका-९ सिफल बस्ने ५० वर्षीय अनिमेश आचार्य आफ्नै घरमा मृत फेला परेका हुन्। शनिबार बिहान उनलाई घरमै मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

यसैगरी काठमाडौँ महानगरपालिका-६ महाँकाल बस्ने ३५ वर्षीय आकाश लामा पनि आफ्नै कोठामा मृत भेटिएका छन्।

शनिबार उनलाई कोठामै मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

त्यसैगरि रामेछापको मन्थली नगरपालिका-५ सुनारपानी बस्ने दिपक भुजेलकी छोरी १२ वर्षीया दिपिशा भुजेल पनि मृत फेला परेकी छन्।

स्थानीय पोखरीमा शनिबार उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

यी तीनवटै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।