राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

 संवाददाता    २०८२, १३ पुष आईतवार ११:५४     110 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

आसन्न निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न पुस १४ गते बस्नेगरी बैठक बोलाएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए।

राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्नेछ। निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल हुने उनले जानकारी दिए।