जेनजी आन्दोलनपछि चर्चामा आएका द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको सम्झौताप्रति टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अब आरएसपी (रास्वपा)ले चुनावको तयारीमा ध्यान दिन सक्छ । हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौंं । जय देश ।’
आज बिहान रास्वपाका सभापति लामिछाने र मेयर बालेनबिच एकता सम्झौता भएको हो । उनीहरूबिच ७ बुँदे सम्झौता भएको छ ।
सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेन शाहलाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सारिनेछ । चुनाव चिह्न रास्वपाकै घण्टी हुनेछ ।