ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षण रहेको उज्यालो नेपाल पार्टीले रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहको सम्झौताले जेनजी आन्दोलनको भावनालाई सम्पूर्ण रूपमा नसमेटेको टिप्पणी गरेको छ ।
रवि र बालेन सातबुँदे सम्झौता गर्नुअघिसम्म उज्यालो नेपाल पार्टीसँग संवादमा थिए । शनिबार दिनभर बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले रास्वपाले पठाएको एकता प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको थियो ।
त्यसको १२ घण्टा नबित्दै रवि र बालेनबीच सोही प्रस्तावमा सातबुँदे सहमति भएको हो ।
सो सहमतिपछि कुराकानीमा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा वार्तामा संलग्न रहँदै आएका जितराम लामाले जेनजी आन्दोलनको मूल भावनालाई सम्झौताले समेट्न नसकेको बताएका हुन् ।
यो पनि पढ्नुहोस
रवि–बालेनबिच ७ बुँदे सम्झौता : रविले पार्टीको नेतृत्व गर्ने, बालेनलाई आगामी प्रधानमन्त्रीमा अघि सार्ने
उनले अब आफ्नो पार्टी अलग ढंगले संगठन विस्तारमा लाग्ने बताए ।
‘हामी हाम्रै हिसावले अगाडि बढ्छौं । कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेर जनतामा जान्छौं,’ उनले भने ।
रवि–बालेन सम्झौतामा उज्यालो नेपाल नसमेटिनुको कारण नीतिगत र वैचारिक अस्पष्टता रहेको उनको भनाइ छ ।