एमाले सचिवालय बैठक दिउँसो ३ बजेसम्मलाई सर्‍यो

 संवाददाता    २०८२, १३ पुष आईतवार ११:१६     81 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेको सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ । बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको थियो ।

११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो । केही तयारी नपुगेकाले बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको एक पदाधिकारीले जानकारी दिए ।

 

२१ फागुनका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको नाम रहने बन्दसूची निर्वाचन आयोगमा बुझाउनु पर्ने भएकाले यही विषयमा बैठक केन्द्रित रहने ती नेताको भनाइ छ ।

एमालेले समानुपातिकको बन्दसूचीका लागि उम्मेदवारहरूको नाम संकलन गरिरहेको छ ।