रवि–बालेन सहमतिपछि सञ्चारमन्त्री खरेल : नयाँ दिन, नयाँ सुरुवात! गन्तव्य तय हुँदै छ

 संवाददाता    २०८२, १३ पुष आईतवार ०९:१३     201 जनाले पढ़िसके



Spread the love

आगामी निर्वाचनलाई लक्ष्य गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच एकता सहमति भएकोप्रति सञ्‍चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल निकै खुसी भएका छन्।

 

आज (आइतबार) बिहानै उनीहरूबीच एउटै दल रास्वपामा रहने तथा यसको नेतृत्व रविले नै गर्ने र भावी प्रधानमन्त्रीको उम्मेदवार भने बालेन बन्नेगरी सातबुँदे सहमति भएको हो।

 

 

यसैबीच प्रसंग उल्लेख नगरी सरकारका प्रवक्तासमेत रहेका खरेलले फेसबुकमा लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात! सुन्दर र समुन्नत नेपालको सपना! गन्तव्य तय हुँदै छ

।’