ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँका मेयर बालेन्द्र शाह बालेनसँग मिलेर चुनावमा जाने विषयमा छलफल जारी रहे पनि निष्कर्षमा पुगिनसकेको बताएका छन्।
शनिबार उनले पहिलोपटक यसबारे मुख खालेका हुन्।
शुक्रबार रास्वपा र बालेनबीच सहकार्यका लागि चार सदस्यीय कार्यदलले खाका बनाएको छ।
तर त्यसमा घिसिङका प्रतिनिधि कोही पनि सामेल गराइएको थिएन।
जसप्रति असन्तुष्ट घिसिङलाई बालेनले शनिबार बिहानै भेट गरेर रास्वपाबाट आएको प्रस्ताव ब्रिफिङ गरेका थिए।
सो भेटमा बालेनलाई आन्तरिक छलफल गरेर मात्र जवाफ दिने बताएका घिसिङले लगत्तै सञ्चारकर्मीसँग रास्वपा र बालेनसँग मिल्ने विषयमा ठोस सहमति नभएको बताए।
तीन जना (कुलमान रवि लामिछाने र बालेन) बीच एकताको सम्भावना के छ भन्ने प्रश्नमा घिसिङले भने, एकता भनेपछि त्यसको विधि होला नि त? सबैको सम्मानजनक हुनुपर्यो।
यद्यपि तीनै पक्षबीच छलफल भने जारी रहेको घिसिङले बताए।
उनले थपे, ‘अब हुन्छ, अगाडि बढिरहेको छ।’
आज तीन जनाबीच भेट हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म केही भएको छैन। आज वार्ता हुन पनि सक्छ।’