गुन्डुमा ओलीलाई भेटेपछि सञ्चारमन्त्री खरेलले भने : ‘एमाले निर्वाचनबाट भाग्दैन

 संवाददाता    २०८२, ११ पुष शुक्रबार १५:२०     111 जनाले पढ़िसके



Spread the love

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले निर्वाचनबाट नभाग्ने बताएका छन्।

शुक्रबार गुन्डुमै पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारमन्त्री खरेलले एमाले चुनावका पक्षमा रहेको दाबी गरेका हुन्।

खरेलले भने, ‘एमाले चुनावका पक्षमा छ, (ओलीले) एमाले निर्वाचनबाट भाग्दैन भन्नुभएको छ, सुरक्षा चुनौती छ, वातावरण बनाउनुपर्‍यो भन्ने जुन कुरा उहाँले राख्नुभयो, ती सबै सरकारले सम्बोधन गर्छ। सरकारले चुनावको वातावरण बनाउँछ।’

एमाले अध्यक्ष ओलीविरुद्ध लगाइएको स्थान हदमा पनि पुनर्विचार गर्ने कुरामा सरकार सकारात्मक रहेको उनले बताए।

सञ्चारमन्त्री खरेलले सरकारको लक्ष्य नै निर्वाचन भएकाले यो लक्ष्य प्राप्तिका लागि कुनै अल्झन्, अप्ठ्यारा, चुनौती भए त्यसलाई सहज बनाउँदै सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सम्पूर्ण काम गर्ने प्रतिबद्धता दोहोर्‍याए।