रविलक्ष्मीको स्वास्थ्य अवस्था बुझ्न डल्लुमा नेताहरू

 संवाददाता    २०८२, १० पुष बिहीबार १४:२१     114 जनाले पढ़िसके



Spread the love

जेन–जी आन्दोलनका क्रममा डल्लुस्थित घरमा भएको आगलागीमा गम्भीर घाइते भई भारतमा उपचार गरेर फर्किएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी प्राध्यापक रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूले जानकारी लिएका छन् ।

जीवनमरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख भएपछि भारतबाट स्वदेश आएकी हुन् । बुधबार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले चित्रकारलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमाले नेता प्रदीप ज्ञवाली, नेकपाका नेताहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, राजेन्द्र श्रेष्ठलगायत नेताहरूले पनि चित्रकारलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । यस्तै, नेकपा (संयुक्त)का नेताहरू जीवनराम श्रेष्ठ र दामोदर अर्यालले पनि चित्रकारलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।