बालेनजीले युवाशक्ति एकजुट भएर जाऊँ भन्नुभयो : ज्ञानेन्द्र शाही

 संवाददाता    २०८२, १० पुष बिहीबार १४:१८     214 जनाले पढ़िसके



Spread the love

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग भेट गरेका छन्। बालेनका सल्लाहकार कुमार बेनको घरमा बेलुका ५ बजेदेखि ८ बजेसम्म भएको भेटमा युवाशक्ति मिलेर जाने प्रस्ताव गरेको शाहीले बताए।

‘बालेनजीले युवाशक्तिहरू एकजुट भएर जाऊँ भन्नुभयो। हिजो सँगै हो, आज पनि सँगै काम गरौँ भन्ने छ। जहाँ भए नि एकजुट हुनुपर्‍यो,’ उनले भने । भेटघाटबारे जानकार स्रोतका अनुसार मिलन पाण्डे, सागर ढकाल, चन्द्रकान्त भण्डारी, ज्ञानेन्द्र शाही, रक्षा बम, सिके राउत, रेशम चौधरीलगायत सहभागी थिए ।