रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव गरिएको छैन: प्रचण्डको सचिवालय

 संवाददाता    २०८२, १० पुष बिहीबार ११:४५     212 जनाले पढ़िसके



Spread the love

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग चुनावी तालमेलको प्रस्ताव नगरिएको जनाएको छ।

 

बिहीबार काठमाडौँबाट प्रकाशित हुने केही पत्रपत्रिकासहितका सञ्चार माध्यमलले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भनेर प्रकाशित समाचार सत्य नभएको प्रचण्डको सचिवालयले जनाएको हाे।

 

 

‘केही सञ्चार माध्यमले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने झुटा समाचार प्रकाशित गरेकोमा ध्यानाकर्षण भएको छ,’ प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भने, ‘यो समाचार पूर्णतः असत्य छ।’

 

चुनावी सहकार्यका विषयमा रास्वपासँग पार्टीका तर्फबाट संयोजक वा अन्य कुनै पनि नेताले कुराकानी नगरेको पनि नेकपाले प्रष्ट पारेको छ।।

 

 

असत्य र सम्वन्धित पक्षवाट पुष्टीबिना एकपक्षीयढंगले प्रवाह गरिएका झुटा समाचारको भ्रममा नपर्न पनि प्रचण्डको सचिवालयले सम्बन्धित सबैमा आग्रह गरेको छ।