राष्ट्रपति पौडेलले कांग्रेस सभापति र एमाले अध्यक्षसँग छलफल गर्दै

 संवाददाता    २०८२, ८ पुष मंगलवार १४:२६     103 जनाले पढ़िसके



Spread the love

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न लागेका छन् ।

मंगलबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा देउवा र ओलीसँग छलफल गर्ने कार्यक्रम तय भएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा विघटित प्रतिनिधिसभामा दुई ठूला दलका प्रमुखसँग राष्ट्रपतिले भेट गर्नै लागेको बताइएको छ ।