जबरजस्ती करणी अभियोगमा पाल्पा र कैलालीबाट दुई जना पक्राउ

 संवाददाता    २०८२, ८ पुष मंगलवार १३:५७     154 जनाले पढ़िसके



Spread the love

जबरजस्ती करणी गरेको छुट्टाछुट्टै अभियोगमा प्रहरीले पाल्पा र कैलालीबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।

पाल्पामा २४ वर्षीया महिलालाई करणी गरेको आरोपमा बाग्लुङ निसि गाउँपालिका घर भई हाल तानसेन नगरपालिका–७ बस्ने ३४ वर्षीय जीवन घर्ती मगर भनिने शेर बहादुर बितालु पक्राउ परेका छन्। पीडित महिलाले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो।

यसैगरी, कैलालीमा पनि २४ वर्षीया महिलालाई नै जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले हिरासतमा लिएको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ मनेहरा शिविर बस्ने ३८ वर्षीय झंकु राम डगौरा रहेका छन्। उनले ती महिलालाई करणी गरेको सूचना पाएलगत्तै अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप कानुनी प्रक्रिया अगाडि बढाउँदै आवश्यक अनुसन्धान सुरु गरेको छ।