हेटौँडा सडक विस्तारका पीडितहरूले माइतीघरमा बाजासहित विरोध प्रदर्शन गरेका छन् ।
सडक विस्तारका लागि सरकारले निजी सम्पत्तिमाथि डोजर चलाएको र पीडितलाई उचित क्षतिपूर्ति समेत उपलब्ध नगरेको उनीहरूको गुनासो छ । गैरन्यायिकरूपमा घर भत्काइएको, राज्यले सुकुमबासी बनाएको भन्दै उनीहरूले गुनासो गरेका छन् ।
सो विषयमा सरकारले कुनै पनि माग सम्बोधन नगरेको हुनाले हेटौडाबाट माइतीघरमा आई प्रदर्शनी गर्नु परेको हेटौँडा बसोबास संरक्षण समितिका सदस्य भुवन श्रेष्ठले जानकारी दिए ।
माइतीघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे बाजा बजाएर विरोध प्रदर्दशन गरेका छन् ।