समीक्षालाई स्टेज कार्यक्रममा भ्याइनभ्याइ

 संवाददाता    २०८२, ७ पुष सोमबार १६:११     103 जनाले पढ़िसके



Spread the love

मंसिरदेखि देशभरका जिल्लामा मेलामहोत्सव भइरहेका छन्। जसकारण गायक/गायिकालाई यतिखेर कार्यक्रममा जान भ्याइनभ्याइ छ।

 

गायिका समीक्षा अधिकारीको पनि स्टेजमा निकै माग हुने गर्छ। समीक्षा पनि कार्यक्रमकै लागि निकै व्यस्त छिन्।यतिखेर समीक्षाको स्वर रहेको शिरमा शिरबन्दी निकै चलिरहेको छ।

 

 

समीक्षाले सोमबार फेसबुकमार्फत पुस महिनाभर आफूले प्रस्तुति दिने सांगीतिक कार्यक्रमको तालिका सार्वजनिक गरेकी छिन्। तालिका अनुसार उनी नेपालका विभिन्न जिल्लासहित जापानसम्म पुगेर सांगीतिक प्रस्तुति दिनेछिन्।

 

यतिखेर कार्यक्रममा लागि समीक्षा देशदौडाहमा छिन्। सोमबार समीक्षाले लेखनाथ महोत्सवमा प्रस्तुति दिने छिन्। पुस ८ गते मंगलबार बुटवल पुग्नेछिन्। त्यहाँ आयोजित बुटवल राष्ट्रिय प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा उनको प्रस्तुति रहनेछ।

 

 

त्यसैगरी, पुस ९ गते समीक्षा नेपालगञ्ज पुगेर प्रस्तुति दिने छिन्। पुस १० गते उनी कैलालीको अत्तरियामा प्रस्तुति दिने छिन्। पुस ११ गते विराटनगरमा आयोजित विराट ट्रेड एक्स्पोमा उनको प्रस्तुति हुनेछ। पुस १२ गते उनी बागलुङ पुगेर प्रस्तुति दिने छिन्।

 

त्यसपछि समीक्षा पुस १४ गते जापानतर्फ प्रस्थान गर्नेछिन्। त्यहाँ गल्कोट समाज जापानद्वारा आयोजित सांगीतिक श्रृंङ्खलामा उनले प्रस्तुति दिने छिन्। जसअन्तर्गत पुस १६ गते ओसाका, १७ गते नागोया र १८ गते टोकियोमा आफ्ना हिट गीतका साथ गुञ्जिने छिन्।

 

जापान भ्रमण सकेर उनी २१ गते नेपाल फर्किने छिन्। त्यसपछि पनि उनी देशभरिका कार्यक्रमको लागि पुग्नेछिन्।