अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने युवक काठमाडौँबाट पक्राउ

 संवाददाता    २०८२, ७ पुष सोमबार १६:०९     46 जनाले पढ़िसके



Spread the love

वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक युवकलाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका-१३ घर भइ हाल ललितपुर महानगरपालिका-४ बस्ने २४ वर्षीय सुजन आले मगर रहेका प्रहरीले जनाएको छ।

 

 

उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

 

उनले आकर्षक तलब हुनेगरि अमेरिका पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख ५५ हजार रूपैयाँ लिएको आरोप छ।

 

 

रकम लिएपछि सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-११ बाट पक्राउ गरेको हो।

 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।