बालकोटको खाजाघरमा प्रहरीको छापा : जुवा खेलिरहेका सात जना पक्राउ

 संवाददाता    २०८२, ७ पुष सोमबार १३:५९     213 जनाले पढ़िसके



Spread the love

भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित एक खाजाघरमा जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्।

अधिकारी टोलमा भोजपुरका ३८ वर्षीय प्रेम बहादुर श्रेष्ठले सञ्चालन गरेको बालकोट चुल्हो कफी तथा खाजाघरमा जुवातास खेलाइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

आइतबार साँझ प्रहरी प्रभाग बालकोटबाट खटिएको टोलीले खाजाघरका सञ्चालक प्रेम बहादुरसहित सातै जनालाई जुवाको खालबाटै नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट नगद २२ हजार ५ सय ३५ रुपैयाँ र तीन बुक तास समेत बरामद गरेको छ।

पक्राउ परेका सबैलाई अहिले प्रहरी हिरासतमा राखिएको छ। उनीहरूमाथि जुवा ऐनअन्तर्गत आवश्यक अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।