रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्काशन गर्न गरेको हो ।
कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट गरिसकेको छ । अब बाँकी ५७ हजार ७९८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरेर ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको छ ।
कम्पनीको आईपीओ प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा रहेको छ । लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको यस कम्पनीको आईपीओमा पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ ।