१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २९ वर्षका युवक पक्राउ

 संवाददाता    २०८२, ६ पुष आईतवार १४:२३     284 जनाले पढ़िसके



Spread the love

युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले धनकुटाबाट एक युवकलाई पक्राउ गरेको छ।

१९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका-८ सान्ताङ बस्ने २९ वर्षीय मान बहादुर राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

राईले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो।

यस घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।