उदयपुरका एक व्यक्तिले गरे आफ्नै भाइको हत्या

 संवाददाता    २०८२, ६ पुष आईतवार ११:२०     167 जनाले पढ़िसके



Spread the love

उदयपुरको त्रियुगाका एक व्यक्तिले भाइको हत्या गरेका छन्। दाजुले खुकुरी प्रहार गर्दा भाइको मृत्यु भएको प्रहरीले जनाउको छ।

शनिबार त्रियुगा नगरपालिका–१ जोगीदहका ४३ वर्षीय युवराज राईले ३० वर्षीय भाइ धर्मराजको हत्या गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका भर्मराजलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दाजुले आमालाई कुटपिट गरेको विषयलाई लिएर दाजु–भाइबीच भएको विवादका क्रममा भाइमाथि खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनापछि आरोपी घटनास्थलबाट फरार भएका प्रहरीले जनाएको छ। उनको खोजीकार्य भइरहेको दोङले जानकारी दिए।