पार्टीभित्र विभाजन अस्वीकार गर्छौं, आत्मसमर्पण मञ्जुर छैन : ईश्वर पोखरेल

 संवाददाता    २०८२, ६ पुष आईतवार ०८:३९     210 जनाले पढ़िसके



Spread the love

नेकपा (एमाले)का नेता ईश्वर पोखरेल पार्टीभित्र विभाजनलाई अस्वीकार गर्दै आत्मसमर्पण पनि मञ्जुर नहुने बताएका छन्।

 

एमालेको एघारौँ महाधिवेशनपछि आयोजित आफ्नो पक्षका नेता तथा कार्यकर्ताको शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति असन्तुष्टि जनाए। ओलीको आफू नै एमाले हो भन्ने भनाइ उचित नभएको बताए।

 

 

अध्यक्ष ओलीलाई प्रश्न गर्दै पोखरेलले भने, ‘म जे बोल्छु, त्यहीँ हो एमाले भनेको सुन्दा नि आङ सिरिङ हुन्छ। म भएन भने एमाले हुन्न, यो के भनेको हो?’

 

उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताए। ‘विभाजन अस्वीकार गर्छौं तर आत्मसमर्पण पनि मन्जुर छैन,’ पोखरेलले भने।

 

 

नेतृत्वले आफ्ना कमिमजोरी स्वीकार नगरेमा कम्युनिस्ट पार्टी नै सकिने उनको भनाइ थियो। ‘आफ्ना कमजोरी स्वीकार नगरे कम्युनिस्ट पार्टी सकिन्छ,’ उनले भने।

 

पोखरेलले विचारको लडाइँ जारी रहेको बताए। उनले एघारौँ महाधिवेशनमा गरेको प्रतिस्पर्धालाई इंगित गर्दै उनले भने, ‘यो सुरुवात हो। अब यसले निरन्तरता पाउछ। विचार र बिधिको लडाइँ जारी रहन्छ।’