मानव बेचबिखन मुद्दाका फरार कैदी गौशालाबाट पक्राउ

 संवाददाता    २०८२, ४ पुष शुक्रबार १४:५३     87 जनाले पढ़िसके



Spread the love

मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दाका एक फरार कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषा घर भएका ४९ वर्षीय पञ्चवीर विश्वकर्मा भनिने कान्छा विश्वकर्मा छन् ।

 

उनलाई प्रहरी वृत्त गौशालाको सादा पोशाकको टोलीले पक्राउ गरेका हो । उनी जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट फरार भएका थिए ।