साढे ४ अर्ब नाघ्यो सेयर कारोबार

 संवाददाता    २०८२, ३ पुष बिहीबार १६:४२     91 जनाले पढ़िसके



Spread the love

सेयरबजारमा आज साढे ४ अर्ब बढीको सेयर किनबेच भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ४ अर्ब ५७ करोड बढीको कारोबार भएको हो।

नेप्से १०.६६ अंकले घटेर २६१५.०३ विन्दुमा झरे पनि कारोबार रकम बढेको छ। यस दिन १ करोड १२ लाख कित्ता बिक्रीपछि कारोबार रकममा सुधार देखिएको हो।

बिहीबार वाराही हाइड्रोपावर पब्लिक लिमिटेडको २४ करोडको सर्वाधिक सेयर किनबेच भएको छ। त्यसैगरी राधी विद्युत्को १८ करोड, बुटवल पावर कम्पनीको १६ करोड, ङादी ग्रुप पावरको १० करोड र सप्तकोशी डेभलपमेन्ट बैंकको १० करोडको कारोबार भएको छ।

यस दिन ६३ वटा सेयरको मूल्य बढ्दा १९४ वटाको भने घटेको छ। त्यस्तै ४ वटाको अघिल्लो मूल्यमै किनबेच भएको नेप्सेले जनाएको छ। बढेकामध्ये स्वस्तिक लघुवित्त र एसवाई प्यानलले सर्किट ब्रेक गर्दा सिन्धु विकास बैंक, सीवाईसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको क्रमशः ९.५६ प्रतिशत, ४.८७ प्रतिशत र ४.४४ प्रतिशतले सेयर मूल्य बढेको छ।

वाराही हाइड्रोपावर, गुह्येश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स, मोदी इनर्जीलगायतको भने अधिकतम ४.७६ प्रतिशतसम्मले सेयर मूल्य घटेको छ।

यस दिन होटल र पर्यटन, निर्जीवन बीमा र व्यापार सूचक उकालो लागे पनि बाँकी सबै घटेको नेप्सेले जनाएको छ।