काठमाडौँ उपमहानगरकी उपमेयर सुनिता डंगोल नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन्।
एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयन लागि भएको मतदानमा उनले राजधानी विशेष कलस्टर अन्तर्गत ४० वर्षमुनिको युवामा भारी मत ल्याएर विजयी भएकी हुन्।
डंगोलले १६६८ मत प्राप्त गरिन्। तर, यो कलस्टरमा उनका प्रतिस्पर्धीहरु निकै पछि परे।
एक जना मात्रै निर्वाचित हुने यो कलस्टरमा सन्तोष खड्का र राजन थापा निकटतम प्रतिस्पर्धी बने।
खड्काले ३३० मत मात्रै ल्याए भने थापाले त्यो भन्दा कम २२९ मत प्राप्त गरे।
यो नतिजाले डंगोल एमालेमा लोकप्रिय युवा नेता रहेको देखिएको छ।