एमालेमाथि भइरहेका प्रहारको सामना गर्दै युवाको आकांक्षा सम्बोधन गर्नेछौँ : शंकर पोखरेल

 संवाददाता    २०८२, ३ पुष बिहीबार १६:३०     204 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमाथि भइरहेका चुनौती र आलोचनालाई चिर्दै संगठनलाई अझ मजबुत बनाएर अघि बढ्ने दाबी गरेका छन्।

महाधिवेशनपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले नयाँ नेतृत्वसहित एमालेको लक्ष्य पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नु रहेको बताए। युवा पुस्ताको भावना र चाहनालाई केन्द्रमा राखेर विकास र समृद्धिको अभियान अघि बढाइने उनको भनाइ थियो।

‘एमालेविरुद्ध हुने सबै किसिमका प्रहारलाई चिर्दै हामी नवयुवाको भावनाअनुरूप विकास र समृद्धिको यात्रालाई अगाडि बढाउँछौँ,’ उनले भने।

महाधिवेशनले दिएको सन्देशअनुसार अध्यक्ष केपी ओलीको नेतृत्वमा पार्टी प्रतिगमनविरुद्ध एकताबद्ध भएर अघि बढ्ने पोखरेलले स्पष्ट पारे।