केपी ओलीसँग कति मतान्तरले हारे ईश्वर पोखरेल?

 संवाददाता    २०८२, ३ पुष बिहीबार १४:१५     205 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेको अध्यक्ष पदमा प्रतिस्पर्धी ईश्वर पोखरेललाई भारी मतान्तरले हराउँदै केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी भएका छन्।

 

बिहीबार सार्वजनिक मतपरिणामअनुसार पोखरेललाई १ हजार ९९ मतले पछि पार्दै ओली तेस्रोपटक एमालेको अध्यक्ष बनेका हुन्।

 

 

ओलीले १६६३ मत ल्याउँदा पोखरेलले ५६४ भोट मात्रै पाएका हुन्।

 

तथापि पोखरेलले दसौँ महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेका भीम रावलले भन्दा दोब्बर मत ल्याएका छन्।

 

 

२०७८ मंसिरमा चितवनमा सम्पन्न एमालेको दसौँ महाधिवेशनमा ओली १८३७ मतसहित विजयी हुँदा रावलले २२३ मत मात्र पाएका थिए। त्यतिबेला रावल एकल रूपमा अध्यक्ष पदमा उठेका थिए।

 

अहिले एघारौँ महाधिवेशनमा भने पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए।

 

उनले हारे पनि एमालेका १९ पदाधिकारीमध्ये २ जना उनी पक्षका उम्मेदवार विजयी भएका छन्।

 

पोखरेल पक्षबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई निर्वाचित भएका हुन्।

 

बाँकी १७ पदाधिकारीमा भने ओली पक्षकै उम्मेदवार

विजयी भएका छन्।