महासचिवमा विजयी भएपछि पोखरेलले भने- सबैसँग मिलेर काम गर्छौँ

 संवाददाता    २०८२, ३ पुष बिहीबार १४:१०     197 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका नव निर्वाचित महासचिव शंकर पोखरेलले पार्टीमा सबैसँग मिलेर काम गर्ने बताएका छन्।

 

आफू महासचिवमा विजयी भएको जानकारी पाएपछि भृकुटीमण्डपस्थित मतगणना स्थलमा पुगेका पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन्।

 

 

पोखरेल दोस्रो कार्यकालको लागि एमाले महासचिवमा विजयी भएका हुन्।

 

पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दा महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन्। उनीहरूबीचको मतान्तर २२९ छ।