सुनको मूल्य २ लाख ६० हजार नाघ्यो, चाँदीको कति ?

 संवाददाता    २०८२, ३ पुष बिहीबार १२:२९     87 जनाले पढ़िसके



Spread the love

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ६० हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो।

यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ५९ हजार ७०० रुपैयाँ कायम थियो । यस आधारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको हो ।

यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा ४ हजार ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा ४ हजार ८० रुपैयाँ पुगेको हो ।