धनकुटाबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

 संवाददाता    २०८२, २ पुष बुधबार १६:३७     120 जनाले पढ़िसके



Spread the love

धनकुटाको महालक्ष्मी नगरपालिका– ८, चित्रेबाट लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

 

 

पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका– ६, कोपीचोकका ४६ वर्षीय प्रेम गुरुङ र तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका– २, हुलाकटोलका ३१ वर्षीय तुलसी पौडेल रहेका छन्। मंगलबार साँझ चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ४३० मिलिग्राम ब्राउनसुगर फेला पारेको प्रहरीले बताएको छ।

 

पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर बुधबार जिल्ला अदालतबाट म्याद थप गरी लागुऔषध कारोबारअन्तर्गतको मुद्दामा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका एसपी शरदकुमार थापा क्षेत्रीले बताए।