करेन्ट लागेर एकजनाको मृत्यु

 संवाददाता    २०८२, २ पुष बुधबार १२:३८     90 जनाले पढ़िसके



Spread the love

धनकुटाको पाख्रीवास नगरपालिमा आज विहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। पाख्रीवास नगरपालिका–५ चौतारास्थित जंगलमा दाउरा काट्न जाने क्रममा विहान ९ बजे करेन्ट लागेर स्थानीय लोकबहादुर तामाङको छोरा १४ वर्षीय बादल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

 

 

विद्युतको पोललाई सपोटको लागि भुँईमा गाडिएको तारमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ । घटनापश्चात् प्रहरी र विद्युत प्राधिकरणको कर्मचारी घटनास्थलमा गएका छन् ।