पोखरा विमानस्थलका प्रमुखसँग साढे दुई करोड अकुत सम्पत्ति

 संवाददाता    २०८२, २ पुष बुधबार १२:२६     123 जनाले पढ़िसके



Spread the love

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक बिनेश मुनकर्मीविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो।

 

 

उनीसँग दुई करोड ५० लाख ३४ हजार पाँच सय १७ रुपैयाँ स्रोत नखुलेको गैरकानुनी सम्पत्ति भेटिएकाले सोहीबराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ। उनीसँग ६ करोड २४ लाखबराबरको सम्पत्ति भेटिएकोमा त्यसमध्ये साढे दुई करोड भ्रष्टाचारबाट आर्जन गरेको अख्तियारको अभियोग छ। सम्पत्ति जफतको प्रयोजनका लागि आयोगले उनकी श्रीमती पूर्णकुमारी गोसाईं विरुद्धसमेत मुद्दा दायर गरेको छ।

 

मुनकर्मी पछिल्लो समय पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुखको रूपमा कार्यरत थिए।