जित्नेहरूले हार्नेहरूलाई मिलाएर मिलाएर लैजान्छौँ : महेश बर्तौला

 संवाददाता    २०८२, २ पुष बुधबार १२:१३     97 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका नेता महेश बर्तौलाले कम्युनिस्ट धारको राजनीति गर्ने पार्टी नेकपा एमाले भएकाले जसले जिते पनि पार्टीलाई मिलाएर लैजाने आशा व्यक्त गरेका छन् । शनिबारबाट जारी पार्टीको महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग लिँदै उनले निर्वाचन नियमित र सामान्य राजनीतिक प्रक्रिया भएको बताए ।

 

 

उनले निर्वाचनमा पराजितहरूलाई पनि निर्वाचित नेतृत्वले मिलाएर लैजाने प्रतिबद्धता जाहेर गरे । एमाले फुट्ला र एमालेका मान्छे आफूतिर तानौँला भनेर कसैले पनि नसोच्न आग्रह गरे । एमालेका मान्छे आउलान्, पार्टी यस्तो बनाउँला भनेर कसैलाई पनि नसोच्न चेतावनी दिए ।