नेकपा एमालेको ११ औँ महाधिवेशबाट नयाँ नेतृत्व चयन बुधार राति १० बजे अगाडि नै हुने जनाइएको छ । महाधिवेशनको पाँचौँ दिन आज नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान भइरहेको छ । ९ बजेबाट सुरु भएको मतदान ११ :३० हुँदा एक सय ५० जनाले मत हालिसकेको एमाले प्रचार विभागले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
जम्मा दुई हजार दुई सय ६३ मतदाता रहेको र एक जनालाई कम्तीमा २० मिनेट मतदान गर्न समय लाग्ने बताइएको छ । ८० ठाउँबाट मतदान गर्न मिल्ने व्यवस्था मिलाइएको पनि एमालेको भनाइ छ ।
मतदान सकिएको दुई घण्टापछि नतिजा घोषणा गर्ने तयारी रहेको एमाले प्रचार समितिले जनाएको छ। मतदान सकिएपछि बन्दसत्र स्थलमा प्रतिनिधि बोलाउने र नजिता घोणा गरी औपचारिकरुपमा महधिवेशन समापन गरिने बताइएको छ। मतदान गर्न २० मिनेट समय लाग्ने जनाइए पनि अध्यक्षका उम्मेदवारले ४० मिनेट लगाएर मतदान गरेका थिए ।